चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले गर्‍यो पक्राउ

रामेछापको उमाकुण्ड गाउँपालिका–७ बिमिरेमा कोही नभएको समयमा पसल फोरेर चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।  साउन २२ गते शुक्रवार स्थानीय टेकराज नेवारको पसल पछाडिबाट टीनको छानो काटेर पसलमा भएको १ लाख ५० हजार चोरी गर्ने ओखलढुंगा र रामेछापका ३ जनालाई पक्राउ गरिएको रामेछाप प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । प्रहरीले घटनाको जानकारीपछि अनुसन्धान गरी घटनामा संलग्न ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ का १६ वर्षीय बालकलाई ओखलढुंगा प्रहरीको समन्वयमा पक्राउ गरेको छ । ...

सम्बन्धित सामग्री

गोठमा बाँधिएका खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक भक्तपुरबाट पक्राउ

काठमाण्डाै – भक्तपुरका विभिन्न ठाउँबाट गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालक पक्राउ परेका छन् । खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई अहिले सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बि...

चोरी मुद्धाका फरार तीन अभियुक्त पक्राउ

रामेछाप जिल्ला अदालतले चोरी मुद्धामा दोषी ठहर गरी सुनाएको फैसलापछि फरार भई लुकिछिपी बस्दै आएका तीन अभियुक्तलाई प्रहरीले काठमाडौंवाट पक्राउ गरेको छ ।चोरी मुद्धामा संलग्न भएकाहरु मध्ये रामेछाप खाँडादेवी गाउँपालिका–१...

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो ।परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पुरातात्त्विक मुर्ति चोरी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ- अदालतबाट २ बर्ष कैद सजाय तोकिएर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा-४ पासिवान घर भई हाल ललितपुर इमाडोलमा बस्दै आएका ५८ बर्षीय मान बहादुर मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत ललितपुरले २०७४ साल बैशाख १५ गते पुरात्वातिक मुर्ति चोरी मुद्धामा उनीमाथि प्रकाउ पुर्जी जारी गरेको थियो। फरार […]

मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्‍दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका-२० नस्टोल बस्‍ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् । उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर-१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट […]

चोरीमा संलग्न गिरोहका तीन जना पक्राउ

काठमाडौं : उपत्यकामा घर फोडेर सुन चाँदीका गरगहना तथा सहकारीबाट नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।दिउँसो घरमा कोही नभएको बेलामा ताला फोडेर रुपैयाँ, सुनचाँदीका गरगहना चोरी गर्ने तथा रातिको समयमा सहकारीमा नगद चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही गाउँपालिकाकै धनबहादुर थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३९ वर्षीय हरिप्रसाद रसाइली छन्।सुनचाँदीका गरग

काठमाडौँका कुख्यात चोर पक्राउ, सहकारीदेखि घरमा चोरी

काठमाडौँका कुख्यात चोरलाई प्रहरीले पक्राउ गर्न प्रहरी सफल भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको चोरलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका(४ घर भएका ३१ वर्षीय कमल थापा मगर रहेका छन् । मगरले उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तीय सङ्घसंस्थाहरू र घरमा मानिसहरू नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी गर्ने गरेको प्रहरीको भनाइ छ । चोरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबा

राति सहकारी, दिउँसो घरमा चोरी गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं : रातकाे समयमा सहकारी संस्था तथा दिउँसाे घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने समूहका नाइकेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।महंगा गरगहना तथा नगद चोरीमा संलग्न रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।थापा मगर बिभिन्न आठ वटा चोरीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ। उनको साथबाट चोरीमा प्रयोग हुने फलामको छडसमेत प्रहरीले बरामद गरेको छ।यस्तो छ चोरीको श्रृङ्खला

खरिबोटबाट ९५ लाखको सामान चोरी, ५ जना पक्राउ

ललितपुर महानगरपालिका–२८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राइजेजबाट करीब ९५ लाख ७६ हजार ८५५ रुपैयाँ बराबरका २३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका–८ घर भएका ३२ वर्षीय यमकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २७ वर्षीय प्रदीप गौतम, काठम...

१ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर नगरपालिका-१ सल्लाघारी चोङ्गा गणेश मोडस्थित भिमेश्वर म:म सेन्टरबाट नगद १ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-६ फैडोल डेरा गरी बस्ने रामेछाप मन्थली घर भएका सोही सेन्टरमा काम गर्ने ३० वर्षीय राज कुमार धामीलाई प्रहरीले पक्राउ गरेको छ । माघ ३ गते बेलुका दधिकोट डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-८ घर भएका ३१ वर्षीय शंखर खत्रीको सो म:म सेन्टरमा कोठा भाडा तिर्न घर्रामा राखेको उक्त नगद चोरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा सं...