गोठमा बाँधिएका खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक भक्तपुरबाट पक्राउ

काठमाण्डाै – भक्तपुरका विभिन्न ठाउँबाट गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालक पक्राउ परेका छन् । खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई अहिले सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बि...