राति सहकारी, दिउँसो घरमा चोरी गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं : रातकाे समयमा सहकारी संस्था तथा दिउँसाे घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने समूहका नाइकेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।महंगा गरगहना तथा नगद चोरीमा संलग्न रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।थापा मगर बिभिन्न आठ वटा चोरीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ। उनको साथबाट चोरीमा प्रयोग हुने फलामको छडसमेत प्रहरीले बरामद गरेको छ।यस्तो छ चोरीको श्रृङ्खला