नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका सवै जनप्रतिनिधिहरु एमाले पार्टीमै रहने भएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् । पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । भेलामा कास्कीका ४ गाउँपालिका, पोखरा महानगरपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र समानुपाति