काठमाडौं : पछिल्लो २४ घन्टाको देशभरिको संक्रमणदर १ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीका अनुसार यो साताको देशभरको संक्रमणदर २४ घन्टाको १ प्रतिशत रहेकोसमेत बताए।गत २४ घन्टामा देशभरि ४ हजार ६१ जनामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ८२ जना संक्रमणमुक्त भएका छन्। आज संक्रमणको कारण कसैले पनि ज्यान गुमाएका छैनन्।आज काठमाडौंमा १० जना भक्तपुरमा २ जना संक्रमित भेटिएका छन्। हाल देशभर ३ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको डा अधिक