कर्णालीमा बाढी पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन : चार जिल्ला विपद् प्रभावित घोषणा

काठमाण्डाै - कर्णाली प्रदेशमा बाढीपहिरोबाट १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा ५ हजार २ सय ८२ जना घरबारविहीन भएका छन्। त्यस्तै, कालीकोटमा १ हजार ७ सय ६३, जुम्लामा १ हजार ७ सय २५, सल्यानमा ६ सय ३९, सुर्खेतमा ५ सय ६६, हुम्लामा ४ सय ७४, दैलेखमा २ सय ७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।   कर्णालीमा १ हजार ७&n...