डडेल्धुराको प्रदेशसभा ‘ख’ मा एकीकृत समाजवादीको दाबी

८ भदौ, धनगढी । सत्तारुढ गठबन्धनमध्‍येका दल एकीकृत समाजवादी पार्टीले डडेल्धुरामा अगामी निर्वाचनमा प्रदेशसभा ‘ख’ मा दाबी गरेको छ । प्रदेश र प्रतिनिधिसभाका अन्य दुई वटा क्षेत्र छाडेर भए पनि प्रदेशसभा ‘ख’ अनिवार्य रुपमा पाउनुपर्ने शर्त एकीकृत समाजवादीले अघि सारेको हो । गठबन्धनले उक्त क्षेत्र समाजवादी पार्टीलाई नदिएको अवस्थामा विद्रोह गर्ने चेतावनीसमेत दिइएको छ । […]

सम्बन्धित सामग्री

सर्लाही १ ‘ख’ मा एकीकृत समाजवादीबाट लुंगेली विजयी

सर्लाही १ प्रदेशसभा ‘ख’ मा नेकपा (एकीकृत समाजवादी) का नेतृ बेची लुंगेली विजयी भएकी छिन्। लुंगेली १३ हजार ६७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका शान्ति लामाले ६ हजार ९७८ मत...

एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा २८ जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आबद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा (क)मा एकीकृत समाजव

काभ्रेमा ६ पदका लागि ६७ जनाको उम्मेदवारी

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ ।आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराएका छन् । दुवै क्षेत्रको प्रदेशसभा (क) र (ख)मा उम्मेदवारी दिने उम्मेदवारको सङ्ख्या र प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या करिब बराबर छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।यस्तै जिल्लाको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (क) र (ख) का लागि नौ–नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा (क) का लागि छ र प्रदेशसभा (ख) का लागि आठ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलीप लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ, एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गरेका छन् । काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिह्नका लागि निवदेन दर्ता गरेका थिए ।निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्लामा यही असोज १५ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।

खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसका बागी

२३ असोज, खोटाङ । खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेताले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पूर्वसांसद एवम् पूर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क)मा पूर्वसभापति सुवासकुमार […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटकको निर्वाचनका लागि टिकट पाएनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट लिए । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले […]

प्रकाश ज्वाला प्रतिनिधिसभाका लागि एकल सिफारिश

सल्यान : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला प्रतिनिधिसभा चुनावका लागि एकल सिफारिश भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला पार्टीले ज्वालाको नाम सिफारिश गरेको हो।यसअघि २०७० र २०७४ को चुनावमा ज्वाला सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री समेत रही सकेका उनले एमालेबाट फ्लोर क्रस गरेर माओवादीको सरकार टिकाउन महत्वपूर्ण भूमिका खेलेका थिए।बैठकले संघको समानुपातिकमा दुई जना दामोदर

गठबन्धनको नाममा इलामका कांग्रेसीले झलनाथलाई भोट हाल्नु पर्दैन : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ‘नेपाली कांग्रेसको फेरो समातेर पारि तर्न खोजिरहेको’ बताएका छन् ।  बुधबार कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) ले आयोजना गरेको कार्यक्रममा उनले इलामका कांग्रेस नेता–कार्यकर्ताले आफ्नै उमेदवारलाई भोट हाल्न पाउने दाबी गरे । सहमहामन्त्री आङ्देम्बेले चुनावी गठबन्धन...