सल्यान : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला प्रतिनिधिसभा चुनावका लागि एकल सिफारिश भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला पार्टीले ज्वालाको नाम सिफारिश गरेको हो।यसअघि २०७० र २०७४ को चुनावमा ज्वाला सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री समेत रही सकेका उनले एमालेबाट फ्लोर क्रस गरेर माओवादीको सरकार टिकाउन महत्वपूर्ण भूमिका खेलेका थिए।बैठकले संघको समानुपातिकमा दुई जना दामोदर