काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्रले आज आयोजना गरेको एक कार्यक्रममा उहाँले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गर्नुभएको हो ।
अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । हालसम्म कोषमा तीन लाख ४४ हजार २४८ योगदानकर्ता र १७ हजार १५६ रोजगारदाता कोषमा आबद्ध भइसकेका छन् । कोषले आगामी आव...