काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि फेरि प्रश्नचिह्न लागेको बताएका छन्।पात्र मात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकाले व्यक्तिको साटो व्यवस्था, नेताको साटो नीति र चालकको साटो बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पुनर्विचार हुनुपर्ने बताए।थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणाली कमजोर बनाउने र राजनीतिक अस