पहिरोले १ करोडभन्दा बढी क्षति

चैनपुर नगरपालिका–२ चित्लाङस्थित लिङ्गेपिङ पाखामा पहिरो जाँदा एक करोडभन्दा बढीको क्षति भएको छ । सोमबार राति गएको पहिरोमा परी धर्मराज गौतम, डम्बर विक, अनिल घले, जितबहादुर घलेलगायत किसानहरूको अलँैचीबाली र धानबाली पहिरोले नष्ट गरेको हो । पहिरोले चैनपुर नुनढाकी सडक समेत भत्काउँदा यातायातमा समस्या भएको स्थानीय अनिल घलेले जानकारी दिएका छन् । रासस

सम्बन्धित सामग्री

पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति, विस्थापित परिवार आफन्तको आश्रयमा

बैतडी : पहिरोले बैतडीका चार घर र एक विद्यालयमा क्षति पुर्‍याएको छ। लगातारको वर्षाका कारण खसेको पहिरोले जिल्लाको सुर्नया गाउँपालिका-७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छ/छ कोठे घर भत्किएका हुन्। घर माथिबाट खसेको पहिरोले घर भत्किएको हो। पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज…

पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति

बैतडी – पहिराले बैतडीका चार घर र एक विद्यालयमा क्षति पु¥याएको छ । लगातारको वर्षाका कारण खसेको पहिराले जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छरछ कोठे घर भत्किएका हुन् । घर माथिबाट खसेको पहिरोले घर भत्किएका हुन् । पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। […]

गुल्मीमा पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि विद्धुत सेवा अवरुद्ध

२० असोज, गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ । तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएको नेपाल विद्धुत प्राधिकरण गुल्मी  वितरण केन्द्रले जनाएको छ । पहिरोले ठूलै क्षति पुर्‍याएको र विद्धुत सेवा अवरुद्ध  भएको केन्द्रले जनाएको छ । लगातार […]

वर्षापछि गएको पहिरोले बाटो र धान बालीमा क्षति

शनिबार बेलुकादेखि परेको अविरल वर्षापछि झरेको पहिरोले सिन्धुपाल्चोकमा ग्रामीण मोटरबाटो र धान बालीमा क्षति पु¥याएको छ । भारी वर्षाले हेलम्बु र मेलम्चीवासी त्रसित छन् ।  हेलम्बु  र मेलम्ची क्षेत्रको स–साना खोलामा...

पहिरोले ५० बढी खानेपानी योजनामा क्षति

पहिरोले खानेपानी संरचनामा क्षति पुर्‍याएकाले बल्ल ट्यांकीसम्म पानी पुर्‍याउन सकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ।...

पहिरोले विद्यालयमा क्षति

बागलुङ- वर्षासँगै खसेको पहिरोले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ । शनिबार राति पहिरो जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो । एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र अर्को कोठामा आंशिक क्षति पुगेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार विकले जानकारी दिए […]

पहिरोले गोरखाको क्यान्टिलिभर पुलमा क्षति, पदमार्ग बन्द

गोरखा – नेपालमै पहिलो पटक गोरखामा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पुर्‍याएकाे छ । चुमनुब्री गाउँपालिका ४ को सर्दी भिरमा पहरा खोपेर बनाइएको पुलमा बिहीवार खसेको पहिरोले क्षति गरेको स्थानीयवासी सरोज लामाले बताउनुभयो ।  स्यार खोलाको बाढीले किनारमा कटान गरेर पदमार्ग बगाएपछि भिर खोपेर क्यान्टिलिभर पुल बनाइएको होे । साढे तीन वर्षअघि बनाइएको पुलका विभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुङ्गाले क्षति पुर्‍याएकाे उहाँले जानकारी दिनुभयो । दुई सय २५ मिटर लामो पुलको दुई ठाउँमा गरी झन्डै&...

पहिरोले एक घरमा क्षति, आधा दर्जन जोखिममा

बैतडी : दोगडाकेदार गाउँपालिका–१ रिम गोरङका अम्मरबहादुर विष्टको घर पहिरोले क्षति गरेको छ। लगातारको वर्षासँगै घरमाथिको सुपले र बगौराधार भन्ने स्थानबाट पहिरो खस्दा अम्मरबहादुर विष्टको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सोमवार बिहान खसेको पहिरोले सम्पूर्ण समान पुरे पनि घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको खड्काले बताए। पहिरोले अम्मरबहादुरको दुई तले घर पूर्ण क्षति भएको र अकबर विष्टको २ तले २ घर चर्केको छ।सोही पहिरोका

पहिरोले पाइपमा क्षति पुर्याएपछि चडेपानीमा खानेपानीको हाहाकार

बैतडी : पहिरोले खानेपानीको पाइपमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।गत शुक्रबार गएको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पुर्‍याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए। ‘पहिरोले खानपानीको पाइप फुटेर मेनलाइनमा क्षति पुर्‍याएको छ,’ उनले भने, ‘गाउँमा खानेपानीको हाहाकार भएको छ।’पहिरोले करिब ४०० मिटर पाइममा क्षति पुर्‍याएको भट्टले बताए। २० किलोमिटर टाढा

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।