गोरखा – नेपालमै पहिलो पटक गोरखामा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पुर्याएकाे छ । चुमनुब्री गाउँपालिका ४ को सर्दी भिरमा पहरा खोपेर बनाइएको पुलमा बिहीवार खसेको पहिरोले क्षति गरेको स्थानीयवासी सरोज लामाले बताउनुभयो ।
स्यार खोलाको बाढीले किनारमा कटान गरेर पदमार्ग बगाएपछि भिर खोपेर क्यान्टिलिभर पुल बनाइएको होे । साढे तीन वर्षअघि बनाइएको पुलका विभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुङ्गाले क्षति पुर्याएकाे उहाँले जानकारी दिनुभयो । दुई सय २५ मिटर लामो पुलको दुई ठाउँमा गरी झन्डै&...