पहिरोले एक घरमा क्षति, आधा दर्जन जोखिममा

बैतडी : दोगडाकेदार गाउँपालिका–१ रिम गोरङका अम्मरबहादुर विष्टको घर पहिरोले क्षति गरेको छ। लगातारको वर्षासँगै घरमाथिको सुपले र बगौराधार भन्ने स्थानबाट पहिरो खस्दा अम्मरबहादुर विष्टको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सोमवार बिहान खसेको पहिरोले सम्पूर्ण समान पुरे पनि घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको खड्काले बताए। पहिरोले अम्मरबहादुरको दुई तले घर पूर्ण क्षति भएको र अकबर विष्टको २ तले २ घर चर्केको छ।सोही पहिरोका