रुस–युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब बढ्दै गएको छ । दुई देशबीचको सङ्कट समाधानका लागि वार्ता र कुटनीतिमा जोड दिँदै भारत संयुक्त राष्ट्रको महासभामा भएको मतदानमा तटस्थ बसेको थियो । आफ्नो आधिकारिक धारणामा पनि भारतले क्षेत्रीय अखण्डताको महत्त्वको बारे चर्चा गरेको छ तर रुस वा युक्रेनको बारेमा ठोस अडान लिएको छैन ।
भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताउनुभएको छ भने अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ डोनाल्ड लूले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान...