धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो ।सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए । 'उहाँ धनगढी मै बस्ने अडानमा हुनुहुन्छ । जतिसक्दो चाडो सरकारले माग सुनुवाई गर्यो त्यसपछि मात्र थप उपचार गराउने भन्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन