एजेन्सी । भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो ।
काठमाण्डाै – नियमित बिदा र चुनावी बिदाका कारण पाँच दिनपछि आज मङ्गलवार खुलेको शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले घटेर १ हजार ९ सय २९ दशमलव ७० विन्दुमा झरेको छ ।
आज २ सय २८ वटा कम्पनीकाे ३७ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ३५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज युनिलिभर नेपालको शेयर साढे ५ प्रतिशत र सिकलेस हाइड्रोको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जानकी ...
काठमाण्डाै – तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । शेयरबजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज विकास बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २४ वटा कम्पनीकाे २५ लाख ७४ हजार कित्ता शेयर ६९ करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सयपत्री हाइड्रोको शेयर १० प्रतिशत र नेपाल एसबीआई बैं...
काठमाडौं । प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गर्नुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी […]
काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । आज मङ्गलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरूले पनि शेयर बजार घट्नुमा राष्ट्र बैंकले लिएको ४/१२ को नीति भएको बताएका जानकारी दिनुभयो । उहाँले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थ मन्त्रीसँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले शेयर बजार घटेर लगानीकर्तालाई अप्ठेरो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र ब...
शेयर बजार मंगलवार पनि ५.५९ अंकले घटेको छ । सोमवार १०० अंकको पहिरो गएको बजार मंगलवार सुधार हुने अपेच्छा गरिएको भए पनि जीवन बीमा समूहबाहेकका सबैजसो समूहमा बिक्री चाप परेका कारण नेप्से परिसूचक यो साताको तेस्रो दिन पनि घटेको छ ।
समग्र बजारको ०.२० प्रतिशतको गिरावट भएर २८१४.७४ अंक कायम भएको छ ।
मंगलवार शेयर बजारमा २२९ वटा कम्पनीको ७२ हजार ४०१ पटक कारोबार भएको छ । ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबारबाट ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रूपैयाँको कारोबार भएको छ । यो सँगै मंगलबारको बजार पुँ...
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालकाे शेयर बजार सिद्धिनुपर्याे भन्न नखाेजेकाे बताउनुभएकाे छ । आज बिहीवार न्युज एजेन्सीसँगकाे अन्तर्वार्तामा उहाँले भन्नुभयाे, ‘मैले नेपालकाे शेयर बजार सिद्धिनुपर्याे भन्न खोजेकै होइन । म त लगानीकर्ताको पक्षमा छु । मैले कसैलाई अहिले भर्खरै घाटा पार्न खोजेको हो र ? त्यस कारण त्यो कुरा होइन, कुरा अलि ठूलो हो भन्न चाहन्छु ।’अध्यक्ष प्रचण्डले आफूले पुँजीवादबारेमा ठूलो सैद्धान्तिक बहस गर्न खोजेको प्रष्ट पार्नुभयाे । नेपालकाे ...
५ पुस, काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो । दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ […]
मौद्रिक नीतिको समीक्षापश्चात लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ ।
गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारसम्बन्धित कुनै पनि माग सम्बोधन नभएपछि लगानीकर्ता निराश बनेका छन् ।
जसका कारण आइतवार, सोमवार गिरावट आएको शेयर बजारमा मंगलवार पनि गिरावट नै भएको छ ।
मंगलवार शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ ।
कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेय...
काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले शेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज मङ्गलवार अर्थ मन्त्रालयमा नेपाल धिताेपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन बुझ्दै अर्थ मन्त्री शर्माले शेयर कारोबारमा ठूलो सङ्ख्यामा नागरिक सहभागी भइरहेको भन्दै शेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।उहाँले मन्त्रीका कारणले शेयर बजार घटबढ नहुने बताउनुभएको छ । शेयर बजार आफ्नै नियम र पद्ध...
काठमाडौँ– लगातार शेयर बजार ओरालो लागिरहेको छ। आइतबार ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ। सोमबार भने कृष्णाष्टमी परेका कारण सेयर कारोबार भएन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ६९.०५ अंकले घटेर २,९७५.८४ अंकमा सीमित भएको छ। आज बजार २.२७ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९७५.८४ अंकमा ओर्लिएको हो। आज २ करोड ३१ लाख ९ […]