हत्या प्रकरणसँग जोडिएको बीमाको 'डकेट' बीमा समिति पुग्यो, पूर्व सीईओ पनि तानिए

रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको बीमा गरिएको र उनको मृत्युपछि २ करोड ५० लाख दाबी भुक्तानी गरिएकोबारेको 'पोलीसी डकेट' बीमा समितिलाई बुझाएको छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले आज सोमबार समितिलाई 'पोलीसी डकेट' बुझाएको हुन् ।'पोलीसी डकेट' मा बीमा गरिएको, दाबी भुक्तानी गरिएको, भौचर, बैंक खाता लगायतका सम्पूर्ण कागजात हुन्छन् । कुनै पनि व्यक्तिको बीमा गर्दा बिमितलाई कम्पनीले बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात आफुसंग राख्छ । सम्पूर्ण कागजात राखिएको फाइललाई 'पोलीसी डकेट' भनिन्छ । आज केन्द्रिय अनुसन्धान ब्युरो सीवाईबीको रोहबरमा कम्पनीले बीमा समितिलाई 'पोलीसी डकेट' बुझाएको हो । यस अघि बीमा समितिले रिलायन्स लाइफलाई उक्त बीमालेखसंग सम्बन्धि बीमालेख, प्रस्ताब फारम, आम्दानीको श्रोत, करचुक्ता, स्वास्थ्य सम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमाडकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने अधिकृतहरूको विवरण, दावी भुक्तानी सम्बन्धी दावी फारम, मृत्युदर्ता तथा नाता प्रमाणित लगायतका विवरण २४ घण्टा भित्र बुझाउन निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीले 'पोलीसी डकेट' बुझाएको हो । यस प्रकरणमा रिलायन्स लाइफका पूर्व सीइओ समेत तानिएका छन् । कम्पनीबाट 'पोलीसी डकेट' आएसंगै अब बीमा समितिले यसबारे अनुसन्धान गर्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । सीआईबिबाट आएको कागजात सहित अनुसन्धान गरिने र त्यसपछि दोषी पाईए आवश्यक कारवाही हुने उनले बताए।रिलायन्स लाइफमा बीमा गरेका एक व्यक्तिलाई योजना बनाएर, बीमा गराएका एजेन्ट कै संलग्नतामा उनको हत्या गरेर २ करोड ५० लाख दाबी भुक्तानी लिएको खुलासा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गरेको थियो । रिलायन्स लाईफले पेश गरेको दाबी भुक्तानीको विवरण नेपाल पुनर्बीमा कम्पनीलाई शंका लागेपछि पुनर्बीमाले अनुसन्धानको लागि आग्रह गरेको थियो । अनुसन्धानपछि योजना बनाएर बिमितको हत्या गरि दाबी भुक्तानी लिएको खुलेको हो । अहिले बीमा समितिले सोहि बारेको सम्पूर्ण फाइल मगाएर अनुसन्धान थालेको हो ।के हो घटना ?कोहलपुरका बर्ष २१ का सर्जन बि.क. टिप्परमा बालुवा लोड गराउने काम गर्थे। २०७८/१/२ गते टिप्परमा बालुवा लोड गराएर बाइकमा फर्कने क्रममा बिपरित दिशाबाट आएको ट्रकको ठक्करपछि उपचारको क्रममा बिकको मृत्यु भयो।मृतकको रिलायन्स लाइफमा २ करोड ५० लाख बराबरको जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो । सर्जन बि.क. र सपना मल्लले विवाह गरेका थिए। उनीहरुको विवाह दर्ता २०७७/१२/२ गते भएको थियो। मल्ललाई नै दाबी भुक्तानीको लागि इच्छाइएको थियो।दाबी भुक्तानीको लागि आवेदन परेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गर्यो। अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनको लागि योजना नै बुनेको पाइएको छ । प्रहरीका अनुसार बिकले प्रयोग गरेको बाईक उनको बीमा गरिदिने रिलायन्स लाइफका एजेन्ट सरदार अहमद खाँको थियो । सुरुमा आरति भन्ने ललिता भन्ने कुमारी सापकोटाले सपना मल्ल र मृतक बिकलाई भेट गराइदिएकी थिइन् । उनले बिहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भन्दै मल्ललाई कन्भिन्स गरेकी थिइन् । सोहि अनुसार डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने तयारी उनीहरुको थियो । अष्ट्रेलिया जान नक्कली विवाह गरेपछि मात्र मृतक विक र मल्लको भेट भएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लागेको जनाएको छ । विवाह दर्ता गर्ने, बीमा गर्ने, बैंक खाता खोल्ने लगायतका सम्पूर्ण काम संजिव अर्यालले गरेको खुलेको छ । उनी नै घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । उनले ८० लाख पाइसकेको प्रहरीलेजनाएको छ । अर्यालले नै बीमाको प्रथम शुल्क ५ लाख ४० हजार भुक्तानी गरेका थिए ।त्यस्तै सपना मल्लले २ करोड ५० लाख लिइसकेको पनि खुलेको छ । प्रहरीले मल्ललाई दिल्ली हुदै जापान जाने क्रममा काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको हो ।एजेन्ट खाँको अर्यालसंग चिनजान भएकोले उनले पनि योजनामा साथ दिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले मल्ललाई विदेश जाने भनेर चिनाईएका एजेन्ट टोप बहादुर राना क्षेत्रीलाई पनि पक्राउ गरेको छ । उनले चलाएको गाडीको ठक्कर बाट नै बिकको मृत्यु भयको थियो । त्यस्तै प्रहरीले दिपक केसीलाई पनि पक्राउ गरेको छ । केसीले मल्ललाई भुक्तानी लिन काठमाडौँ ल्याएका थिए, भने आफुले पनि ६० लाख लिएका थिए उनी कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई अदालतबाट भएको मुद्दामा यस अघि दोषी ठहर भएका थिए । यस अघि : अढाई करोड जीवन बीमाको लोभमा आफ्नै कर्मचारीको हत्या, मुख्य योजनाकार सहित ६ पक्राउबीमा गरिएको अढाई करोडको लोभमा बिमितको हत्या, पुनर्बीमालाई शंका लागेपछि खुल्यो पोल

सम्बन्धित सामग्री

बीमा कम्पनीको सीईओका लागि दर्खास्त आह्वान

२४ माघ, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको […]

राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

१५ मंसिर, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् । बरालले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । बरालले ८ मंसिरमा राजीनमा दिएका थिए, सो राजीनामा …

सलिकोको सीईओ क्षेत्रीले पाए बीमा प्राधिकरणको स्वीकृति – देशसञ्चार

काठमाडौँ – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पराजुलीले गरे पदबहाली

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीले पदभार सम्हालेका छन् । उनले बिहीबारदेखि आफ्नो पदभार सम्हालेका हुन् ।  बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीले पराजुलीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको थियो । कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बिहीबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनी सचिव विनोदकुमार भुजेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

झापा एफसीकाे बीमा पार्टनर नेकाे इन्स्याेरेन्स

काठमाण्डौ – यही महिना सुरु हुन गइरहेको नेपाल सुपर लिग (एनएसएल) को नव आगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्सलाई बीमा पार्टनरका रूपमा पाएको छ । देशकै पहिलो निजी फुटबल क्लबका रूपमा आफूलाई उभ्याएको झापाले हिजो सोमवार नेकोसँग एक कार्यक्रमका बीच सम्झौता गरेको हो । कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोककुमार खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुपर लिगमा झापामा आबद्ध खेलाडीहरूको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुने पक्...

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।पर्यटन बोर्डका सीईओ रेग्मीले बोर्डले इ

राष्ट्रिय बीमा कम्पनीले गर्‍यो सीईओ पदमा दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेड नयाँ प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आइतवार एक सार्वजनिक सूचना जारी गरेर प्रमुख कार्यकारी अधिकृत माग गरेको हो। प्रमुख कार्यकारी अधिकृतका लागि बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ। कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि हुनु पर्छ। आफूले बढेको शैक्षिक योग्यता अनुसार अनुभव १५ वर्षसम्मको अनुभव हुनु पर्छ। आवेदन आगामी १५ दिनभित्र दिनु पर्छ। त्यतिबेलासम्म उमेर ६५ बर्ष नाघेको हुनु हुँदैन। कम्पनीले प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रिय बीमा कम्पनीको सीईओ पदका लागि दरखास्त आह्वान

१२ मंसिर, काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान भएको छ । पदपूर्तिसम्बन्धी आज प्रकाशित सूचनामा लेखिएअनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरुले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । केपी शर्मा […]

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेका हुन् । कम्पनीको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी समितिसँग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो। गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि […]