काठमाण्डौ – यही महिना सुरु हुन गइरहेको नेपाल सुपर लिग (एनएसएल) को नव आगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्सलाई बीमा पार्टनरका रूपमा पाएको छ ।
देशकै पहिलो निजी फुटबल क्लबका रूपमा आफूलाई उभ्याएको झापाले हिजो सोमवार नेकोसँग एक कार्यक्रमका बीच सम्झौता गरेको हो । कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोककुमार खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुपर लिगमा झापामा आबद्ध खेलाडीहरूको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुने पक्...