साउन २२, काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए ।
मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ । रासस