स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि सो कार्य रोक्न उपत्यकाबासीलाई अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै मन्त्रालयले मंगलबार ५ बुँदे अपील जारी गर्दै यस्तो अपील गरेको हो ।
मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको अपीलमा फाहोर जथाभावी नजलाउन तथा सही रुपमा व्यवस्थापन गर्न, अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन, केही दिन धुलो धुँवा उड्नेखालका कामहरु स्थगन र अत्यावश्यक नभइ सवारी साधन नचलाउन आग्रह गरिएको ...