काठमाडौ–नुवाकोट सडक अन्तर्गत तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का पाएको शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ । मंगलबार जिल्ला अदालत ललितपुरले ठेक्का रद्द गर्ने फैसला गरेसँगै सडक विभागलाई गर्दै १ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालोसूचीमा राख्ने बाटो खुलेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सडक विभागको पक्षमा फैसला आएको हो । गत असार ८ गते सडक विभागले सो कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने निर