निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । सोमवार निर्वाचन आयोगले गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताएका हुन् । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन