महिलामाथि दलहरूले राजनीतिक हिंसा गरेकाे प्रमुख आयुक्त थपलियाकाे आराेप

काठमाण्डाै – राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिने काममा महिलामाथि व्यापक विभेद गरेको तथ्य बाहिर आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिने काममा महिलामाथि ठूलो विभेद गरेको बताउनुभएको हो ।  निर्वाचन आयोगले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको 'निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशिता' विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ महिल...