महिला लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । हिजो बसेको कम्पनीको सञ्चालक समितिको ३६ औं बैठकबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश संशोधन गरेको हो । अब कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर दिने छ । नगद र बोनस गरेर कम्पनीले चुक्ता पुँजी १० करोडको ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । यसअघि कम्पनीले ४५ प