झण्डै एक अर्ब चिनियाँ नागरिकको व्यक्तिगत तथ्यांक रहेको एक विशाल अनलाईन डाटाबेस लिक भएको छ । सो डाटाबेस झण्डै एक वर्षदेखि सबैको पहुँचमा रहेको र एक अज्ञात ह्याकर फोरमले तिनमा रहेको तथ्यांक बेच्न थालेपछि यसमाथि गत साता प्रकाश पर्यो । यो लिक इतिहासकै सवैभन्दा ठूलो हुनसक्ने विज्ञले बताएका छन् । यस घटनाले संवेदनशिल व्यक्ति तथ्यांक अनलाईन भण्डारण राख्दाको जोखिममा पनि प्रकाश पारेको छ । लिकआईएक्स नामक साइटले चिनियाँ डाटाबेसमा रहेको कमजोरी पहिचान गरेर बाहिर ल्याएको थियो । लिकआईएक्सका अनुसार