चैत १७, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १६ औं वार्षिक साधारण सभा आज (बिहीवार) हुँदैछ ।
कम्पनीले सभा अम्रपाली व्याक्वेंट, थिरबम सडक बालुवाटारमा बिहान १०:३० बजे हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।