शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमानलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् ।
प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर गएका थिए ।
दम र पक्षघातबाट पीडित दस...