अशक्तलाई घरमै नागरिकता वितरण

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण सुरु गरेको हो । गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पूरा गरेर नागरिकता तयार ...

सम्बन्धित सामग्री

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।