अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

१० पुस, हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरेकी लीलावती गिरीले घरमै नागरिकता पाएकी छन् । शारीरिक रुपमा अशक्त रहेकी ३२ बर्षकी लीलावतीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार उनकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे । लीलावतीलाई नागरिकता बनाउन सदरमुकाम हेटौंडासम्म ल्याउने अवस्था नभएपछि परिवार र गाउँपालिकाको आग्रहमा प्रजिअ पाण्डेले घरमा पुगेर नागरिकता दिएका हुन् […]