भारतमा कोरोनाका सक्रिय संक्रमित बढे, नयाँ बिरामी पनि साढे दुई हजार पार

 भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५२७ नयाँ संक्रमित भेटिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या क्रमशः बढिरहेको छ र यो १५ हजार पार भएको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार अब दैनिक संक्रमण दर बढेर ०.५६ प्रतिशत पुगेको छ । भारतमा हाल कोरोनाका १५ हजार ७९ बिरामीको उपचार चलिरहेको छ । India reports 2,527 new COVID19 cases today; Active cases rise to 15,079The daily positivity rate stands at 0.56% pic.twitter.com/iIRQ7CBLzn— ANI (@ANI) April 23, 2022