धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

५ असोज, काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ । आगलागीमा […]

सम्बन्धित सामग्री

बीपीमा जलन अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा

विराटनगर । आगोले जलेका बिरामीहरूको प्रदेशमा उपचार हुन नसकिरहेको अवस्थामा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । प्रदेशमा जलनका बिरामीको उपचार गर्ने अस्पताल अभाव हुँदा बिरामीहरूको मृत्यु हुँदै आएको थियो । गत वर्षको तिहारमा उर्लाबारीमा भएको ग्याँस सिलिन्डर विस्फोट हुँदा भएको आगोलागिमा परेर ५ जनाको मृत्यु भएको थियो । घटनामा परि […]

बीपी प्रतिष्ठान धरानमा बर्न अस्पताल पुनः सञ्चालन हुँदै

सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिए। जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए।

पाँचथर बम विस्फोट : घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता

२० भदौ, विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ । बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल …

जलनका विरामीको अवस्था बुझ्न अस्पताल पुगे ओली

काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मोरङको उर्लाबारीमा आगलागीमा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । ओलीले आज (शुक्रबार) कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था जानकारी लिएका हुन् । अध्यक्ष ओलीले जलनका विरामीहरुको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । अध्यक्ष आलीलाई उपचारमा खटिएको […]

उर्लाबारी आगलागी : कुन घाइतेको अवस्था कस्तो छ ?

काठमाडौँ- मोरङको उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आइतबार राति भएको आगलागी नियन्त्रणका क्रममा खटिएका नेपाली प्रहरीसहित २८ जना घाइते भएका छन् ।  घाइते १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको हो । कोशी प्रदेश सरकारको समन्व...

आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । गत मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधवार (आज) बिहान कीर्तिपुरस्थित बर्न अस्पताल मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  आफैंमाथि आगो लगाएपछि उपचारका लागि बर्न अस्पताल लगिएका उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।  उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की हिजो साँझ अस्पतालमा पुगेकी थिइन् ।

श्रीमतीमाथि नाम नखुलेको रसायन प्रहार

भक्तपर – भक्तपुरकाे सूर्यविनायक नगरपालिका– ४, दधिकोटस्थित चित्रपुरमा श्रीमानले श्रीमतीलाई रसायन प्रहार गरी घाइते बनाएका छन्। आइतबार साँझ ६५ वर्षका श्याम गुभाजूले ६० वर्षे श्रीमतीलाई कुटपिट गरी नाम नखुलेको रयासनले शरीरमा प्रहार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका अनुसार घाइतेलाई बर्न अस्पताल कीर्तिपुरमा छोरा आकाश गुभाजूले लगेका छन्। पीडक अहिले प्रहरी नियन्त्रणमा रहेको छन्।