आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । गत मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधवार (आज) बिहान कीर्तिपुरस्थित बर्न अस्पताल मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  आफैंमाथि आगो लगाएपछि उपचारका लागि बर्न अस्पताल लगिएका उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।  उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की हिजो साँझ अस्पतालमा पुगेकी थिइन् । 

सम्बन्धित सामग्री

घरायसी झगडामा आफैमाथि आगो लगाउने महिलाको उपचारको क्रममा निधन

विराटनगर – घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार […]

आगलागीमा मृत्यु भएका परिवारलाई राहत प्रदान

अर्घाखाँची । अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत दिएको छ । मंगलबार भुमिकास्थान नगरपालिका– २ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम बेल्बासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा घाइते भएका पिताम्बर वेल्वासे, पदम वेल्वासे ,घनश्याम वेल्वासे र माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुको परिवारलाई राहत स्वरुप […]

आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका वृद्धको उपचारका क्रममा मृत्यु

मोरङ – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालको विराटनगरस्थित रेड प्लेस अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय हेटौँडामा बस्दै आएका नेपालले बिहीबार बिहान विराटनगर–४ स्थित तित्रीगाछीमा पेट्रोल खन्याएर आफैँमा आगो लगाएका थिए। मोरङ प्रहरीका […]

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

काठमाडौं :  दक्षिणपश्चिम कोलम्बियाको एउटा कारागारमा आगो लगाएर  भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु भएका छ। भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगारमा  कैदीले नै जेलमा आगो लगाएको र भाग्ने प्रयासमा ४९ जनाको घटनास्थलमै र अन्य २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। अलजजिरका अनुसार आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको हो। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। राष्ट्रपति इभान ड्यूकले मृतकका आफन्तजनप्रति सहानुभूति प्रक

भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा देबर पक्राउ

१६ जेठ, सप्तरी । सप्तरी प्रहरीले आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साह छन् । साहले आफ्नै भाउजु राजकुमारीलाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाएका थिए । आगोले शरीरको अधिकांश भाग जलेकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृत्यु […]

डिजेल छर्केर आफ्नै शरीरमा आगो लगाए एक युवाले, उपचारका क्रममा मृत्यु

कैलाली : कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसा कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीवार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजेल छर्की आगो लगाएका थिए। अम्मरलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा शुक्रवार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी…

ताप्लेजुङ आगलागीमा एक वृद्धाको मृत्यु

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए । कोप्चे बज

जुम्लामा आगोले जलेर एक जनाको मृत्यु

जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्किन गई घाइते भएका रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चन्देले बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिए । चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आ...

आगो ताप्दा जलेर महिलाको मृत्यु

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, दुई जनाको मृत्यु

बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् ।  जिल्लाको बढैयाताल  गाँउपालिका–३ सतपतियामा  साँझ करिव ९ बजेको समयमा  आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने  अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  थियो ।   बर्दियाका जिल्ला प्रहरी प्रमुख  एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी  ९  बजेतिर  घर अगाडि आगो त