काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्वर ३२ मा (कोटेश्वरमा) रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ। बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ।भाटभटेनी सुपर मार्केटको बेसमेन्टको पार्किङ प्रयोजनका लागि नक्सा पास गरेर अर्काे प्रयोजनमा लगाइएकाले हटाउन लागेको काठमाडौं नगरपालिका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए। पछिल्लो साता महानगरले महानगर क्षेत्रभित्रका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको