काठमाडौं : विगतमा समायोजन मिलान गरेर स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका (स्वास्थ्यकर्मी) कर्मचारीलाई स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन्।हालै मात्र बाँकेको कोहलपुर नगरपालिकाले १८ जना स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन नसक्ने भन्दै कर्मचारीको विवरण सहितको सूची नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ।नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख टीकाराम ढकालका अनुसार आफ्नो नगरपालिकामा दरबन्दीभन्दा बढी रहेका १८ जना विभिन्न पदका ( अहेव, अनमी, एचए) छैठौँ तहका स्वास्थ्यक