जर्मनीले ईसाको बीसौं शताब्दीको आरम्भमा नामिबियामा आफ्ना सैनिकहरूले आदिवासीहरूको नरसंहार गरेको शुक्रवार औपचारिक रूपमा स्वीकार गरेको छ ।
हेरेरो र नामा जातिका मानिसलाई जर्मन सैनिकहरूले नरसंहार गरेका थिए ।
जर्मनीका परराष्ट्रमन्त्री हाइको मासले एक बयान जारी गरेर जर्मनीका कारण आदिवासीहरूले भोग्नुपरेको अपरिमेय पीडाको पहिचान गरेको बताए । पीडित समुदायका लागि १ अर्ब १० करोड युरो पनि जर्मनीले उपलब्ध गराउने बताइएको छ । क्षतिपूर्तिका लागि दायर गरिने मुद्दाको शुल्क यसबाट नकाटिने पनि परराष्ट्र मन्त्रालयले ...