करिब डेढ महिनादेखि शिक्षा मन्त्रालय मन्त्रीविहीन हुँदा कक्षा ११ को प्राविधिकतर्फको पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रको ढिलाइका कारण कक्षा १२ का विद्यार्थीले अनिवार्य विषयको पाठ्यपुस्तक पनि पाउन सकेका छैनन् ।