सर्वोच्च अदालतले सशस्त्र प्रहरी वलको डीआईजी पदमा म्याद थप नभएपछि स्वतः अवकाश भएका प्रविण श्रेष्ठलाई सेवामै राख्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रवार श्रेष्ठको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवामै राख्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
अदालतले श्रेष्ठको म्याद थप नगर्नुको कारणसहित आगामी मंगलबार उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।