काठमाडौं : स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रणालीमा प्रविष्टि नभए पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेको सूचना दिएका हुन्। प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।आयोगले आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिएको थियो। आयोगले भोलि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन ग