२६ असोज, लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएको २ जना तथा प्रदेश सभा ‘क’ र ‘ख’ मा १-१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका बीना […]