सिमकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि मनोनयन दर्ता गराएका हुम्लाका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुसार प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका एक जना र प्रदेशसभातर्फ दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका […]