पत्रकार फसाउन खोज्ने दुई प्रहरी नै निलम्बनमा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजिबुल्लालाई फसाउन खोज्ने दुई जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको हो । नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले प्रहरी प्रयोग गरेर मोजिबुल्लालाई फसाउन खोजेको खुलासा भएको छ । शहनीलाई पनि अदालतबाट पक्राउ पुर्जी […]

सम्बन्धित सामग्री

सहकर्मीलाई लागुऔषधमा फसाउन खोज्ने पत्रकार सहनी जेलमा, राख्नेहरू धरौटीमा छुटे

काठमाडौं । लागुऔषध राखेर सहकर्मीलाई फसाउन खोजेको आरोप लागेका पत्रकार महासंघ, रौतहट शाखाका तत्कालीन सहसचिव सञ्जय सहनीलाई जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ । घटनापछि फरार रहेका सहनी केही समयअघि अदालतमा आफैं उपस्थित भएका थिए । लागुऔषध र आपराधिक षड्यन्त्रको अभियोगमा उनी पुर्पक्षका लागि कारागार चलानको आदेशपछि हाल जेलमा छन् । रौतहट प्रहरी […]

सहकर्मीलाई लागुऔषधमा फसाउन खोज्ने पत्रकार सहनी जेलमा, राख्नेहरु धरौटीमा छुटे

सहकर्मीलाई लागु औषध राखेर फसाउन खोजेको आरोप लागेका पत्रकार महासंघ, रौतहट शाखाका तत्कालिन सहसचिव सञ्जय सहनीलाई जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ।  घटनापछि फरार रहेका सहनी केही समय अघि अदालतमा आफै उपस्थित भएका थिए। लागु औषध र आपराधिक षडयन्त्रको आरोप लागेका सहनी पुर्पक्षका लागि कारागार चलानको आदेशपछि हाल जेलमा रहेका छन्। रौतहट प्रहरी प्रमुख विनोद घिमिरेले सहनी आफै अदालतमा उपस्थित भएको र हाल कारागारमा रहेको बताए।  त्यसअघि पक्राउ परेका चार जनासँग अदालतले १०/१० लाख रुपैयाँ धरौटी मागे...

यौन काण्डमा फसाउन खोजेको भन्दै बास्तोलाद्वारा आत्महत्या

पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् :‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।’जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताए ।

विवादमा तानिएका रौतहटका एसपी शाहलाई सोधपुछका लागि हेडक्वार्टर झिकाइयो

पत्रकार मोहम्मद मोजिबुल्लालाई लागूऔषध राखेर फसाउन खोजेको प्रकरणमा मुछिएपछि एसपी शाहलाई सोधपुछका लागि प्रहरी हेडक्वार्टर झिकाइएको हो ।

मोटरसाइकलमा लागुऔषध राख्न लगाएर पत्रकार फसाउन खोज्ने एसपीलाई कारबाही भएन

निलम्बन गरिएका तल्लो तहका दुई प्रहरीलाई भने मुद्दा चलाउने तयारी मोटरसाइकलमा लागुऔषध राखिदिएर पत्रकारलाई सुनियोजित रूपमा फसाउन खोज्ने रौतहटका दुई प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयले लागुऔषध कारोबार मुद्दा दर्ता गर्ने तयारी गरेको...

पत्रकार फसाउन लागूऔषध राखिएको प्रकरण: ४ सदस्यीय छानबिन समिति गठन

पत्रकार फसाउन लागूऔषध राखिएको प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीमुक्त गराएको छ ।  प्रहरी हेडक्वार्टरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णकुमार महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन समेत गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुवँरले बताए । ‘घटनाको विषयलाई छानविन गर्न समिति गठन भएको छ, त्यसले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउला,’ एसएसपी कुवँरले लोकान्तरसँग भने । पत्रकारद्वय मोजी बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागूऔषध राखेको प्रकरण...

मोटरसाइकलमा लागूऔषध राख्न लगाएर पत्रकारलाई पत्रकारले नै फसाएको खुलासा

रौतहट, ७ भदौ । पत्रकारलाई लागूऔषधमा फसाउन पत्रकार नै संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई फसाइएको खुलाएको हो । यसअघि उनी लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका थिए । मोजुबुल्लाहलाई फसाइएको भिडियो टेपबाट खुलेको थियो । उनको मोटरसाइकलमा लागूऔषध राखिदिएको भिडियोमा देखिएको थियो । त्यसपछि प्रहरीले यसलाई गहिरोसँग अनुसन्धान गरेको […]