पत्रकार फसाउन लागूऔषध राखिएको प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीमुक्त गराएको छ ।
प्रहरी हेडक्वार्टरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णकुमार महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन समेत गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुवँरले बताए ।
‘घटनाको विषयलाई छानविन गर्न समिति गठन भएको छ, त्यसले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउला,’ एसएसपी कुवँरले लोकान्तरसँग भने ।
पत्रकारद्वय मोजी बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागूऔषध राखेको प्रकरण...