काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ उदाएका पार्टीहरूलाई हुण्डरीको संज्ञा दिएका छन्। आइतबार समाजवादी मोर्चाको हेटौंडामा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै हुण्डरी जसरी आउने पार्टीविरूद्ध एकताबद्ध भएर चुनौती दिनुपर्ने बताए। ‘अहिले लामो इतिहास बोकेका पार्टीहरू हिजो जेल नेल, भूमिगत जीवन, यातना, त्याग, तपस्या, बलिदानले कीर्तिमान बनाएका पार्टी र नेताहरू तिनका कार्यकर्ताहरू अपमानित गर्ने र जसको कुनै इतिह