काठमाडौं : समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिको अध्यक्षमा काशिराज दाहाललाई नियुक्ति गरेको छ।यसअघि युवराज सुवेदी र त्योभन्दा पहिले गौरीबहादुर कार्की थिए। सुधीर बस्नेत, इच्छा बहादुर तामाङ लगायत दर्जनौंले चलाएका सय भन्दा बढी सहकारी संकटग्रस्त भएको र कतिपयले हिनामिना गरेर सर्वसाधारणको करिब २० अर्ब रकम जोखिममा परेको छ।गौरीबहादुरका समयमा केही बाटो समात्न खोजे पनि सुवेदीका कार्यकालमा थप बिथोलिएको उपभोक्ताहरू बताउँछन्। कतिपयले उनलाई सहकारी सञ्चालकले नै सञ्चालन गरेको आशंका गरेका थि