काठमाडौं : सरकारले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई आफूले पाउनुपर्ने रकम मागदाबीका लागि आवेदन पेश गर्न आग्रह गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनलाइनमार्फत् मागदाबी गर्न भनेको हो। www.coopmc.gov.np मा गई आफूले पाउनुपर्ने रकमको प्रमाणसहित दाबी गर्न सकिने सूचनामा उल्लेख छ। शिवशिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको थियो। सह