जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ। आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।