भैसी र गाईको कृत्रिम गर्भाधान गराइने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा पशुको उन्नत नश्ल सुधार गरिने बताएका छन् ।आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले पोखरा र नेपालगञ्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साडे र राँगा ल्याई सिमेन उत्पादन गरिने बताए । उन्नत सिमेनबाट २ लाख भैसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराई पशुको नश्ल सुधार गरिने जानकारी गराए ।