साना तथा मझौला व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले यस वर्ष नेपालमा चार करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ । निगमले सानिमा बैङ्क र एनएमबी बैङ्कमार्पmत यस्तो ऋण परिचालन गर्न लागेको हो ।
७ जेठ, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । यसबारे आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौता हुँदैछ । यसका लागि आइतबार साँझ ऋण लगानी सम्झौता समाहरोह हुँदैछ । यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ […]
सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतनबार सञ्चार तथा सूचना …
काठमाण्डाै - पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ ।
ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको छ ।
पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाण्डौमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ । यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा स...
१५ जेठ,काठमाडौं । कृषिमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी २ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ नाघेको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म यो रकम कृषि क्षेत्रमा लगानी भएको हो । जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ । यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कजार्न प्रभाव हुँदा पशु […]
शहरी पूर्वाधार विकास आयोजना अन्तरगतको हालसम्मकै ठूलो आयोजना दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ (अनुमानित) लागतको उक्त सपिङ कम्प्लेक्समा कोषले ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने गरी हालैमात्र आयोजनासँग सम्झौता गरेको हो । ‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कोषको नगरपालिकाहरूमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस
८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]
कात्तिकमा बैंकहरुको ऋण लगानी घटेको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, असोज मसान्तको तुलनामा कात्तिक ५ गतेसम्म आउँदा ऋण एक अर्ब रुपैयाँले घटेको छ।
तर चालु बर्षभरीको तुलना गर्ने हो भने ऋण २ खर्ब ७७ अर्बले बिस्तार भएर ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।
पछिल्लो एक सातामा ऋण मात्र होइन निक्षेप पनि घटेको छ। पाँच दिनमा निक्षेप २० अर्ब रुपैयाँले घटेको हो।
चालु बर्ष कुल निक्षेप ४८ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। जबकी असोज मसान्तका दिन निक्षेप ४२ अर्ब ६९ अर्ब रुपैयाँ थियो।
अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य
५ वैशाख, काठमाडौं । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ […]
काठमाडौं । निजी क्षेत्रको सक्रियता बढ्न थालेपछि त्यसको सकारात्मक असर वित्तीय क्षेत्रमा देखिन थालेको छ । मंसिर महिनामा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप र ऋण तथा नाफामा आएको परिवर्तनले यस्तो अवस्था देखाएको हो ।कोभिड–१९ को महामारीपछि ऋण लगानी ठप्प हुँदा बैङ्कहरुहरु लामो समयदेखि अधिक तरलताको समस्यामा गुज्रिँदै आएका थिए । रेमिट्यान्स र अन्य ट्रान्सफरका कारण बैङ्कहरुमा निक्षेप बढ्दै गएको अवस्था थियो भने ऋण लगानी ठप्प हुँदा बैङ्कहरु यस्तो समस्यामा थिए । मंसिर महिनामा भने बैङ्क तथा वित्तीय सं