बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, ८ अर्बको लगानी उठाउन निर्देशन

५ वैशाख, काठमाडौं । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ […]

सम्बन्धित सामग्री

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

लघुवित्तका संचालकहरुले अर्थ मन्त्रीलाई बुझाए ५ बुँदे ज्ञापनपत्र, के के छन् माग ?

लघुवित्त कम्पनीको संचालकहरुको संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले अर्थ मन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक समृद्धिका लागि लघुवित्त क्षेत्रलाई थप सक्षम बनाउन र सेवाग्राहीलाई थप लाभान्वित गराउन विभिन्न व्यवस्था गरिदिन आग्रह गर्दै संघले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै संघले निम्न विषयहरु अर्थ मन्त्रालय मार्फत सम्बोधन हुनुपर्ने जनाएको छ ।१. नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि गरेको निर्देशन लगायतका अन्तराष्ट्रिय प्रतिवद्घताहरु ।२.मुलुकले परिलक्ष्ति गरेको ‘सम्मृद्घ नेपाल, सुखी नेपाली’ को लक्ष्य ।३.सरकारले जारी गरको “राष्ट्रिय लघुवित्त नीति २०६४”, आवधिक योजना र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच समन्धी कार्य नीति र कार्य योजना ।४.नेपाल सरकारले जारी गरेको राष्ट्रिय लघुबित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषका स्थापना गर्ने (PAF, RSRF)५.लघुवित्त सस्थाहरुको कार्य प्रकृति नै अन्य बैँक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्तता सहितसेवा पुर्याउने रहेकोले यसमा लाग्ने  संस्थागत कर अरुलाई लाग्ने आधा र समुह सदस्यको वचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने ।६. लघु बिमा, लघु वित्त सेवाको एउटा महत्वपुर्ण र अभिन्न हिस्सा हो । बिमा समितिले बिमा कम्पनिहरुलाई आफुले गरको विमाङ्कको कम्तिमा ५ प्रतिशत लघु विमा गर्नुुपर्ने व्यवस्था भएकाले संस्थामा आवद्घ व्यक्तिको जीवन रक्षा र जिविकोपार्जनको विमा गर्ने र विमा कम्पनीहरुले पुनर्विमा सेवा दिनुपर्ने । ठुला उद्योगमा प्रति ३ करोड़ लगानी, मझौला उद्योगमा प्रति ३० लाख लगानी, साना उद्योगमा प्रति ८ लाख लगानी र लघु उद्योग÷लघु ब्यबसायमा प्रति १ लाख लगानी बराबर १ रोजगारी÷स्वरोजगारी सृजना गरेकोले लघुकर्जाको लागत कम गर्न र लघुकर्जा सर्वसुलभ बनाउन नीतिगत ब्यबस्थाहरुमा सुधार गर्नुपर्ने अत्यावश्यक रहेको संघले उल्लेख गरेको छ । भेटमा संघले हालको लघुवित्तको अवस्था र चुनौतीबारे मन्त्री शर्मालाई ब्रिफिङ गरेको थियो । जवाफमा अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन आग्रह गरेका छन् । गाँउ गाँउसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने उनले बताए । लघु वित्त संस्थाहरुले तय गरेको व्याजदर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउदै मन्त्री शर्माले यसको लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिहरुलाई आग्रह गरेका छन्।

बिमा अभिकर्तालाई ऋण दिन रोक लगाइयो

बिमा समितिले बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक लगाएको छ । जीवन बिमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले अभिकर्ताहरुलाई हालसम्म गरिएको कर्जासमेत आगामी असार मसान्तसम्म फरफारक गर्न निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई गरेको आन्तरिक परिपत्रमा बिमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जाबाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिइएको छ । बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल खरिद शिर्षकमा करोडौं रकम कर्...

बिमालेख धितो राखेर कर्जा दिन समितिको निर्देशन

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले बिमालेख प्रारम्भ भएको मितिको १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बिमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो ।