काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले माओवादीसित मात्र नभएर मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका हुन्।गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने बताए। विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने उनको भनाइ छ।&n